Aamsanchar

पत्रकारहरुको उपचारका लागि मोरङमा ‘कोभिड समन्वय कोष’ स्थापना

Author Image
शुक्रवार, वैशाख ३१, २०७८

मोरङ — नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण दर दैनिक बढ्दै गएकाले जिल्लाका संक्रमित पत्रकारहरुको उपचारका लागि ‘कोभिड समन्वय कोष’ स्थापना गरेको छ । महासंघ कार्यसमितिले ५१ लाख जम्मा गरेर सुरु गरेको कोषमा दाताहरुलाई सहयोग गर्न आह्वान गरेको छ । पत्रकार महासंघ मोरङ शाखाको कृषि विकास बैंक विराटनगरमा रहेको खाता नम्बर ०६०१६००३१८९७९०१९ मा रकम जम्मा गरी सहयोग गर्न आग्रह गरिएको छ ।

पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्रप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा प्रदेश १ सरकारले समन्वय कोषमा २ लाख सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको उल्लेख छ । कोष सञ्चालन तथा व्यवस्थहापनका लागि महासंघ शाखा अध्यक्ष सञ्जीव खनालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सदस्यहरुमा महासंघका सल्लाहकार शकंर खरेल, सचिव अधिकारी र कोषाध्यक्ष अभयकुमार राई छन् । समाचार संकलन तथा सम्प्रेषणका क्रममा संक्रमित भएक सञ्चारकर्मीहरूलाई तत्काल उपचारको व्यवस्था मिलाउन प्रदेश र स्थानिय सरकारहरूलाई महासंघले ध्यानाकर्षण गराएको छ । मोरङमा हालसम्ममा १० जना पत्रकार संक्रमित भएका छन् । दैनिक स्थलगत समाचार संकलनरसम्प्रेषणमा खटिने सञ्चारकर्मीहरूलाई स्वास्थ्य सावधानी अपनाउँदै र अत्यावश्यक कामबाहेक घरबाटै समाचार संकलन तथा सम्प्रेषणका लागि महासंघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर