Aamsanchar

बिहेको मण्डपमा स्वयंवरको माला लगाइदिन बाँसको लठ्ठीको सहारा (भिडियो सहित)

Author Image
शुक्रवार, वैशाख ३१, २०७८

कोरोना भाइरस महामारीबाट आक्रान्त भइरहेको यो समयमा सामाजिक दूरीको पालना गर्नैपर्ने बाध्यताले कहिलेकाहीँ ठूलै समस्या सिर्जना गर्दो रहेछ। छिमेकी मुलुक भारतमा एउटा बिहे समारोहमा यस्तै भएको छ । भारतीय प्रहरीका एक अधिकारी दिपांशु काब्राले ट्वीटरमा अपलोड गरेको उक्त भिडियो अहिले भाइरल बनेको छ । जहाँ बिहेको मण्डपमा स्वयंवरको माला एक अर्काको गलामा लगाइदिनका लागि बेहुला बेहुली दुबैले बाँसको लठ्ठीको सहारा लिएका छन् ।

बेहुला र बेहुली दुबैले अनुहारमा मास्क पनि लगाएका छन् र माला लगाउने क्रममा पर्याप्त सामाजिक दूरी पनि कायम गरेका देखिन्छन् ।समाचार अनुसार गत अप्रिल ३० मा बिहारको बेगुसराय जिल्लामा भएको एक विवाह समारोहको वास्तविक भिडियो हो त्यो ।

सामाजिक सञ्जालमा निकै चर्चित बनेको उक्त भिडियोमा अनेक खालका प्रतिक्रिया हरु आएका छन् । कतिपयले रमाइलो मानेका छन् भने कतिपयले चाहीँ यस्तो तरिकाले बिहे गर्नुको साटो तत्कालका लागि बिहे नै स्थगित गरेको भए हुन्थ्यो भन्ने टिप्पणी गरेका छन् । कतिपयले चाहीँ स्वयंवर गर्दा नछोइएका बेहुला बेहुली बिहेपछि सुहागरातमा के गरेहोलान् रु भनेर जिज्ञासा राखेका छन् ।

टाइम्सनाउबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर