Aamsanchar

असममा एकै ठाउँमा १८ वटा हात्ती मृत फेला

Author Image
शुक्रवार, वैशाख ३१, २०७८

वैशाख ३१ –भारतको उत्तरपूर्वी राज्य असममा एकै ठाउँमा १८ वटा हात्ती मृत अवस्थामा फेला परेका छन् । असमको नगावन जिल्लास्थित प्रस्तावित कुन्डोली आरक्षको पहाडमा बिहीबार ती हात्ती मरेका अवस्थामा फेला पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

१४ वटा हात्ती एक ठाउँमा र ४ वटा अलि तल मृत भेटिएको वन अधिकारीहरूले उधृत गर्दै समाचारहरुले उल्लखे गरेका छन् । बुधबार राति उक्त क्षेत्रमा ठूलो चट्याङ परेको र त्यसैमा परेर ती हात्ती मरेको हुन सक्ने अनुमान अधिकारीहरुको छ । मरेका ती हात्तीको शुक्रबार पोस्टमार्टम गरिँदैछ । त्यसपछि मात्र खास कारण खुल्ने जनाइएको छ । ठूलो संख्यामा हात्ती मृत फेला परेकामा असमका मुख्यमन्त्री हिमान्ता विश्व शर्माले दुःख व्यक्त गरेको छन् । उनले घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन भनेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर