Aamsanchar

थप १० दिन निषेधाज्ञा जारी राख्ने प्रशासन कार्यालय मोरङको निर्णय

Author Image
शुक्रवार, वैशाख ३१, २०७८

विराटनगर –जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा थप १० दिन निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जेठ ११ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना जोखिम कम नभएपछि निषेधाज्ञाको समय थप गरिएको हो । निषेधाज्ञाका बेला सरकारीबाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्माणमा रोक लगाइएको छ । निर्माण सामग्रीसमेत बिहान १० बजेसम्म मात्र ढुवानी गर्न पाइने छ ।

यसअघि औद्योगिक मजदुरलाई घरबाट उद्योगसम्म जान छुट दिइएकोमा अबको निषेधाज्ञामा भने रोक लगाइएको छ । उद्योगको आवास गृहमा राखेर उद्योग सञ्चालन गर्न निर्देशन दिइएको छ । बाहिरी मजदुरको आवत–जावतले संक्रमण बढ्न सक्ने देखिएको प्रजिअ निरौलाले बताए ।

सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको छ । बजार क्षेत्र पनि बन्द रहने छ । बैंकको सेवा व्यवस्थापनका लागि राष्ट्र बैंकसँग समन्वय गरिएको र अनलाइन कारोवार गर्नका लागि आग्रह गरिएको बताइएको छ । खाद्यान्न, सागसब्जी र दुग्धजन्य बस्तुको बिक्री बिहान १० बजेसम्म तोकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर