Aamsanchar

माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

Author Image
शुक्रवार, वैशाख ३१, २०७८

बागलुङ-बागलुङको निसिखोला गाउँपालिका–२ फलाँटे चौरमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ। फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षीय सुरेशको पुरिएर मृत्यु भएको हो। वडाध्यक्ष कुविर विश्वकर्माले दिएको जानकारी अनुसार घटना दिउँसो साढे दुई बजे भएको हो।

अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ। प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताए। शव परीक्षण गरी अन्त्येष्टिका लागि तयारी गरिएको बताइएको छ। मृतक भवीका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ। उनका अरु दुई छोरा रहेको स्थानीयवासीले बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर