

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा २१४७८ नमुना परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना निको भएका छन् । नेपालमा संक्रमितमध्ये ३ लाख २७ हजार ६५३ निको भएका छन् ।
Views: 120


