Aamsanchar

कोरोना जोखिमकाबिच झापाको बुधबारेमा रक्तदान

Author Image
शुक्रवार, वैशाख ३१, २०७८

बुधबारे  ।  बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आज शुक्रबार बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका बीच झापामा देखिएको रगत अभावको समस्या केहिहद सम्म टार्न रक्तदान कार्यक्रम गरिएको बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीले बताएका छन् ।

बुधबारे जेसीजका अग्नेष दाहालको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको प्राविधिक सहयोग रहेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिए । कोरोनाको उच्च जोखिमका बिच स्वास्थ्य सर्तकता अपनाएर गरिएको कार्यक्रममा २६ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक अग्नेष दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 437

प्रतिक्रिया (०)