Aamsanchar

काम गरेको पैसा नदिएको झोंकमा मोरङमा २ मजदुरद्वारा निर्माण व्यवसायीको हत्या

Author Image
शनिवार, जेठ १, २०७८

काठमाडौं – काम गरेको पैसा नदिएको झोंकमा मोरङमा दुई मजदुरले निर्माण व्यवसायीको हत्या गरेका छन्। शुक्रबार राति मोरङको छुरा प्रहार गरी लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या गरिएको छ। प्रहरीले दिएको जानकारी अनुसार लेटाङ ३ का २० वर्षीय सुशील दर्जी र २१ दिलबहादुर लिम्बूले राईको हत्या गरेको खुलेको छ।

हत्यामा संलग्न दुबै जना रोमनको ट्याक्टरका मजदुर हुन्। काम गरेको पैसा माग्दा दुबै पक्षबीच विवाद बढेपछि राईको हत्या गरिएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। छुरा प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मृत्यु भएको हो। उनको शव पोष्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ। अभियुक्तलाई रोमनले नै निर्माण सामाग्री ढुवानीको काममा लगाउने गरेका थिए।

काममा लगाएको पैसा नदिएको विषयलाई लिएर बढेको विवाद हत्यामा परिणत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको राईले जानकारी दिए। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर