विराटनगर । सुनसरी र पाँचथरमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे सुनसरी गढी गाऊँपालिका २ औराबनी का ३५ बर्षीय अरुण चौधरीको ईनरुवा ७ बलाहा छेउमा रहेको ओमशक्ति प्लाई फ्याक्ट्रिमा काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको थियो ।
त्यस्तै आज दिउसो ११ः३० बजे पाँचथर याङबरक ५ का २२ बर्षीय रोमी लिम्बुको घर बनाउने मजदुर काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा बिउण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 137