काठमाडौँ । तोकिएको भन्दा धेरै भाडा असुलेको आरोपमा पर्साको बीरगञ्जबाट दुई एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार कोरोना संक्रमणको विषम परिस्थितिमा संक्रमित र मृत्यु भएका व्यक्तिका आफन्तसँग चर्को शुल्क अशुलेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पर्साका ३५ वर्षीय कमरुदिन रायभर र २२ वर्षीय वीरबल मुखिया छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार उनीहरुले तोकिएको भन्दा बढी भाडा असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 102