Aamsanchar

निषेधाज्ञाको मौका छोपेर रिसोर्टको कोठाभित्र जुवातास खेल्ने ५ जना पक्राउ

Author Image
आइतवार, जेठ २, २०७८

नेपाल प्रहरीले निषेधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा नागार्जुनका ५० वर्षीय भाइराजा शाही ठकुरी, ५० वर्षीय मीनबहादुर रिजाल, २६ वर्षीय पर्वत खड्का, ४७ वर्षीय कृष्ण बिडारी र ३७ वर्षीय कुमार लामा रहेका छन् । पक्राउ परेका पाँच जनाको साथबाट प्रहरीले रु एक लाख पाँच हजार ५०० नगद र तास बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई जुवा ऐनअन्तर्गत म्याद थप गरी कारवाही गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर