Aamsanchar

शिक्षक महासंघले सार्वजनिक गर्यो दोस्रो चरणको आन्दोलन कार्यक्रम

Author Image
आइतवार, जेठ २, २०७८

काठमाडौं – नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। महासंघले आइतबार एक सूचना जारी गर्दै दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरेको हो। कार्यक्रमअनुसार जेठ ७ गते सबै शिक्षक तथा कर्मचारीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा शिक्षकहरूलाई अविलम्ब कोभिडविरुद्धको खोप दिइयोस् र बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि गरियोस् भन्ने टेक्स्ट पठाइने छ।

त्यस्तै, जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका सचेतक तथा महासंघबीच महासंघबाट पेश भएका माग र समसामयिक विषयमा अनलाइन अन्तक्रिया तथा छलफल गर्ने लगायत कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर