Aamsanchar

झापा गाउँपालिकामा कोरोनाबाट थप एकको मृत्यु

Author Image
आइतवार, जेठ २, २०७८

शरणामती। झापा गाउँपालिका-६ आदर्स टोलकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।४९ वर्षीया सिटौला थरकी महिलाको मृत्यु भएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनु भयो।

क्यान्सर रोगले समेत पिडित महिलाको होम आइसोलेसनमै शनिवार बेलुका ७ बजे मृत्यु भएको बिश्वकर्माले जानकारी दिनुभयो।मृतक महिलाको शब नेपाली सेनाद्वारा आइतबार बिहान ८ बजे नजिकैको सानो माई नदिमा अत्यष्टि गरिने बताइएको छ।

यो संगै झापा गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर