Aamsanchar

झापामा आज थप ९९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

Author Image
आइतवार, जेठ २, २०७८

झापा- झापामा आज थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणकै कारण ३ जनाको मृत्यु भएको छ । स्वाश्थ्य कार्यालय झापाका अनुसार आज आरटी पिसिआर परिक्षण गर्दा २१ महिला सहित ६१ जनामा संक्रमण देखिएको हो भने एन्टिजेन्ट परिक्षण गर्दा १६ महिला सहित ३८ जनामा कोरोना देखिएको हो । आज मृत्यु हुनेमा झापा गाउँपालिका र मेचिनगरका क्रमश ४५ र ८६ बर्षिया महिला रहेका छन्, यस्तै कमल गाउँपालिकाका ७८ बर्षिय पुरुष रहेका छन् ।

Views: 282

प्रतिक्रिया (०)