Aamsanchar

विश्वमा सबैभन्दा बढी बोलिने शब्द हो, ‘हेल्लो’

Author Image
सोमवार, जेठ ३, २०७८

हेल्लो हेल्लो, आउनुहोस् आजको कुराकानी हेल्लोबाटै शुरु गरौँ । हुन्न र ? विश्वमा सबैभन्दा बढी बोलिने शब्द हो, ‘हेल्लो ।’ के गाउँ, के शहर रु सबैतिर हेल्लो नबोल्ने कोही छैन । हेल्लो आजको नारा हो ।

कोरोना भाइरस संक्रमण जोखिमले घरभित्र बसेका मानिसहरू । उनीहरू कहिले मोबाइलमा, त कहिले मेसेन्जरमा आउने कलहरूमा हेल्लो गर्दै बसेका छन् । अस्पतालको शैयाको उपलब्धतादेखि भेन्टिलेटरको अवस्था, डाक्टरको परामर्शदेखि परिवारका सदस्यहरूको स्वास्थ्यसम्म घरै बसी बसी बुझ्न सम्भव भएको छ ।

फोन अर्थात् दूराभाष यन्त्रको आविष्कारसँगसँगै हेल्लो शब्दले एउटा विश्वब्यापी आकार पायो । अनि सबैतिर गुञ्जियो हेल्लो, के छ रु हेल्लो नमस्ते । सञ्चै आदि इत्यादि हेल्लोका त्यान्द्रा–म्यान्द्राहरू ।

फोन अथवा दूरसञ्चारको गहकिलो साधन, कर्ण फुसफुस, फोनबाजा या अन्य धेरै नामले परिचित पनि । हो, यसै फोनका जन्मदाता वैज्ञानिक ग्राहम बेल हुन् । तथापि हेल्लो शब्दको आविष्कार या शुरुवाती श्रेय चाहिँ अर्का महान वैज्ञानिक थोमस एडिसनलाई जान्छ भन्ने तर्कहरू छन् ।

अब गएको शताब्दीको कुरा न हो । कतिले भने ग्राहमबेल कि प्रेमिकाको नाम हेल्लो भएकाले उनले यस नामलाई फोनको सम्बोधनमार्फत् संसारभरि अमर बनाउन हल्लो नामको प्रयोग गरेको बताउँछन् । कुरा जे होस्, तर आजको युग मोबाइल फोन, इन्टरनेट अनि अन्य सञ्चारका साधनहरूको युग हो जहाँ एउटा क्लिकमा संसार उपलब्ध छ ।

चलचित्रदेखी गीतसम्म, खानादेखि कपडासम्म अनि संसारका कुनै पनि कुनाका मानिस या विषयसँग इन्टरनेटले क्षणभरमै साक्षात्कार र वार्तालाप गराईदिन्छ ।

पुराणहरूमा कल्प वृक्षको अवधारणा छ । यस्तो वृक्ष जसले हरेक मनोकामना पूर्ण गरिदिन्छ त्यसलाई कल्प–वृक्ष भनिन्छ । यसअर्थमा सञ्चारको युगले पनि इ्न्टरनेट रूपी कल्पवृक्ष पाएको छ । अनि विभिन्न ग्याजेटहरू प्रयोगले हामी स्वतन्त्र इन्टरनेट संसारमा विचरण गर्दछौँ । हैन त रु दूरसञ्चार अर्थात परपरसम्म सञ्चार गर्ने प्रविधिको यो युगान्तकारी परिवर्तन १९औँ शताब्दीको अन्त्यबाट अझ धेरै प्रगतिउन्मुख भएको हो ।

नत्र हाम्रै समाजमा शनिवारको दिन एकफेर एक कल फोन गर्न पालो कुरेर बस्ने चलन थियो । अनि मानिस बोलाउन पनि मानिस पठाउनुपथ्र्यो । अनि महिनाँै लगाएर डाँक सेवामार्फत्, हुलाकमार्फत् चिठी पठाएका, आकाशवाणीमार्फत् सन्देश पठाएका र पाएका पुस्ताहरू जीवितै छन् ।

त्यति धेरै पुराना कुरा पनि पल्टाउन पर्दैन, किनभने सामान्य मोबाइलको सिम लिन रातभरि जाग्राम बसेका हामीमध्य धेरै छौ । धेरै पछिसम्म पनि मोबाइलको रोमिङ्ग शुल्क तिर्नुपथ्र्यो, यदि एक क्षेत्रको मोबाइल अर्को क्षेत्रका लगिएमा ।

थोरै नेपाली दूरसञ्चार इतिहासका पानाहरू प्रस्तुत गर्न चाह्याँै । सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो ।

सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो । सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्नेगरी १०० लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो । यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो ।

सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाइन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान भएको थियो । त्यसलाई सन् १९६५ मा एकहजार लाइन क्षमताको बनाइयो । सन् १९७४ मा माइक्रोवेभ लिंकलाई विस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरियो ।

सन् १९९५ मा आएर सञ्चार प्रविधिको नविनतम् उपलब्धि अप्टिकल फाइबर नेटवर्क जडान भयो । सन् १९९७ मा वीरगंज–रक्सौल अप्टिकल फाइबरको माध्यमबाट भारतीय दूरसञ्चार निगमसँग सिँधा सम्पर्क जोडियो ।

सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको शुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यवसायिक शुरुवात भयो । २००३ मा आएर प्रिपेड मोबाइललाई विस्तार गरियो । २००५ मा सिडिएमए फोन सेवाको थालनी भयो । नेपालभर विस्तारित मोबाइल नेटवर्कमा सन् २००७ मा आएर जिपिआरएस र थ्रिजी सेवाको थालनी भयो । त्यसपछिका उपलब्धिहरू त नयाँ पुस्ता नै गवाही हुन् ।

तर सुस्तरी हाम्रा पुस्ताहरू मोबाइल, इन्टरनेट, फेसबुक, यु–ट्यूब लगायत अन्य प्रविधि र दूरसञ्चारका कीर्तिमानी आयामसँग लुटपुटिँदै हुर्कदैछन् ।

विश्व समुदायले दूरसञ्चारका यस्तै प्रविधिका विकाससँगै आएका चुनौती र अवसरहरूलाई केलाउँदै मानव विकासका शृंखलाको फेहरिस्त आज वर्णन गर्दछ, विश्व दूरसञ्चार दिवस र सूचना प्रविधि समाज दिवसमार्फत् ।

सञ्चार प्रविधिबारे नागरिकहरूलाई सुसूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो ।

त्यही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । यस दिवसलाई सूचना समाज दिवसका रूपमा समेत मनाइँदैछ । नेपालमा समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ ।

हरेक कुराका आफ्नै सकारात्मक अनि नकारात्मक पक्षहरू हुन्छन् । समुन्द्र पारिबाट हरेक दिन फोनमा कुरा गरेपनि घरको तिर्सना उत्तिकै हुने गर्दछ । बिरामी पर्दा फोन या भिडियोमार्फत् स्नेहमयी आवाज भन्दा न्यानो हातको स्पर्शको महत्व धेरै हुन्छ । मानवीय स्वभाव नै स्पर्श अनि निकटताको पेरिफेरिमा रमेको हुन्छ । जुन भौतिक उपस्थितिलाई दुरसञ्चारका आयामहरूले प्रतिस्थापित गर्न सक्दैनन् ।

आउँदा पुस्ताहरू खेल मैदानको खेल भन्दा मोबाइल गेम र भिडियोमा नै धेरै ब्यस्त त भएका छैनन् रु फेसबुकमा जन्मदिनको ओहिरो लाग्दा जन्म दिनकै दिन भेटेर अँगालो हालेर शुभकामना दिने मान्छे कत्तिका छन् रु

यथार्थ र ‘भर्चुअल’ कुराहरूबीचको सम्बन्ध बुझ्न जरुरी छ । इन्टरनेटमा च्याट भएकै हिसाबले फोटो हेरेकै भरमा प्रेममा पर्नु नराम्रो त हैन । तर देख्दै नदेखी क्यामराको लेन्स र इन्टरनेटको प्रतिलिपिहरूमा विश्वास गर्नु कत्तिको सान्दर्भिक छ, अन्वेषण जरुरी छ ।

दूरसञ्चार दिवसले मानवताका यी आयामहरू पहिचान गरोस् । समाजलाई गज्जबको ‘च्याट’ गर्ने हैन सहृदय बोल्न सक्ने मानिसको पनि उत्तिकै खाँचो छ । पोष्ट शेयर मात्र हैन पिडा र खुशी शेयर गर्ने मित्रको खाँचो छ । फेसबुक या यूट्यूबका पेज मात्र नभई सबै जना बसेर चिया खाने र गफ गर्ने पाटीहरू पनि चाहिएको छ ।

दूरसञ्चारले निकट सम्बन्धहरूको अवहेलना र आत्मीयताको हत्या नगरोस् । यसको सही प्रयोग अनि सीमाहरू सबैलाई थाहा होस् । दिनभरिमा हाम्रा फोनहरू कैयन पटक बज्नेछन्, हरेक पल्ट सुखद खबर पाइयोस्, आशाको सञ्चार होस् । नयाँ पुस्ताले मोबाइल र कम्प्युटर स्क्रिन बाहिरका संसार देखून् र बुझू्न् । ग्राफिक्सभित्रका गहिरा कुराहरूका साथै खेतका गह्रा, वास्तविक खेल, दौड, समाज अनि मानिसको माया बुझून् ।

सन् २०२१ को दूरसञ्चार दिवसको नारा नै त्चबलकायचmबतष्यल क्ष्ल अजबििभलनष्लन तष्mभक अर्थात् चुनौतिपूर्ण समयमा गर्नुपर्ने रूपान्तरण भन्ने राखिएको छ । दूरसञ्चारले सहज पारेको जीवन–शैलीको आत्मसाथ गर्दै थप चाहिने रूपान्तरणको पैरवी गरेको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर
यस्ताे छ आजको माैसम
बिहिवार, कार्तिक २२, २०८१