काठमाडौं- विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र र विराट मेडिकल शिक्षण अस्पतालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१८ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए।
यस्तै, विराटनगर महानगर–४ का ४५ वर्षीय पुरुष, सुनसरीको इनरुवा नगरपालिका–१ का ६२ वर्षीय पुरुष, उदयपुरको कटारी नगरपालिका ४ का ७४ वर्षीय पुरुष, सप्तरीको कञ्चनरूप नगरपालिकाका ६५ वर्षीय पुरुष र कञ्चनरूप–९ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।
यस्तै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना संक्रमितको निधन भएको छ। मृत्यु हुनेमा सप्तरीकी ७० वर्षीया महिला र उदयपुरकी ४० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डाक्टर चुडामणि पोखरेलले जानकारी दिए।