Aamsanchar

भारतद्वारा कोरोना भाइरसविरुद्ध तयार पारेको औषधि सार्वजनिक

Author Image
सोमवार, जेठ ३, २०७८

काठमाडौं-भारतले कोरोना भाइरसविरुद्ध तयार पारेको औषधि आज सार्वजनिक गरेको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार एक कार्यक्रमबीच २–डीजी नामक औषधि सार्वजनिक गर्दै कोभिड–१९ का विरामीलाई २–डीजी ग्लूकोज औषधि निकै प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

भारतले कोविड १९ संक्रमित बिरामीको लागि तयार पारेको यो पहिलो औषधि आशाको नयाँ किरण भएको उल्लेख गर्नुभयो । यो औषधिको प्रयोगले विरामी चाँडै निको हुने गरेको जानकारी दिँदै सिंहले अक्सिजनको निर्भरतामा पनि ४० प्रतिशतले कटौति भएको बताउनुभयो ।

भारतले सार्वजनिक गर्‍यो कोरोनाको औषधि, अक्सिजनका क्षेत्रमा ठूलो राहत पुग्ने रक्षा मन्त्री सिंहको भनाइ

उहाँले नियमित सेवामा रहेका कर्मचारीले मात्र महामारी थेग्न नसक्ने भएपछि सेवानिवृत्त भएकाहरुलाई पनि फेरि काममा आह्वान गरिएको बताउनुभयो । भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको यो औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिए पनि सामान्य प्रयोगका लागि अझै अनुमति पाउन बाँकी छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पाउडरको रूपमा तयार पारिएको यस औषधिलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा रहेका बिरामीलाई दिइने छ ।

डीआरडीओ इन्स्टीच्युट अफ न्युक्लियर मेडिसीन एण्ड अलायर साइन्सेजले औषधि बनाउने कम्पनी डक्टर रेड्डीज लेबोरेट्रीजको साथमा मिलेर यो खोप तयार पारेको मन्त्री सिंहले जानकारी दिनुभएको छ । यस औषधिले अक्सिजन कमी भएर समस्यामा परेकाहरुलाई राहत दिने जनाइएको छ । पाउडर स्वरुपमा रहेको यस औषधिलाई घोलेर प्रयोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर