Aamsanchar

बिर्तामोड उद्योग बाणिज्य संघको सहजीकरणमा एकका लागि एक अभियानलाई ४० थान अक्सिजन वापतको रकम प्रदान

Author Image
सोमवार, जेठ ३, २०७८

बिर्तामोड । एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा सोमबार बिर्तामोड उद्योग बाणिज्य संघ सहित १४ संघ संस्था तथा व्यक्तिले ४० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।

एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ संकलन कार्यमा बिर्तामोड उद्योग बाणिज्य संघको सहजीकरणमा बिर्तामोडका सामाजिक संस्था र व्यक्तिहरुले प्रति सिलिन्डर १५ हजार रुपैया सहयोग गरेका थिए ।

उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षता र एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित सिलन्टर वापतको रकम हस्थान्तण कार्यक्रममा हङकङ बस्ने बिर्तामोडका नागरिकबाट १० थान, बिर्तामोड उद्योग बाणिज्य संघबाट ५ थान, लायन्स क्लव अफ अनारमनीबाट ५ थान, छठ सेवा समिति बिर्तामोडबाट ५ थान, बुद्धि घिमिरेबाट ४ थान, त्यसैगरी सौर्यबत्ती जडान उपभोक्ता समितिबाट ३ थान, स्वर्गीय पर्शु सिटौलाको स्मृतिमा छोरा शैलेन्द्र सिटौलाबाट ३ थान, लोकप्रसाद चापागाईंबाट १ थान, प्रल्हाद शिवाकोटीबाट १ थान, विनय डाँगीबाट १ थान क्रिएटिभ इन्टरनेशनल (एजाज अहमदअन्सारीबाट १ थान गरि ४० थान सिलन्डर प्रदान गरिएको बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनालीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर