Aamsanchar

आजको राशीफल (४ जेठ २०७८, मंगलवार)

Author Image
मङ्गलवार, जेठ ४, २०७८

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रतिष्ठित व्यक्तित्वको भेटघाटले मन प्रसन्न हुनेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्त र बन्धुबान्धवबाट सहयोग मिल्नेछ । प्रेमका कोपिलाहरू पक्रिएर जानेछन् ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अग्रज र विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पारिवारिक सुख र स्वादिष्ट परिकारको अवसर मिल्नेछ । अनावश्यक बाहिर ननिस्केकै जाती ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । राजनैतिक क्षेत्र कमजोर नै होला । चुनौतीको सामना र स्वास्थ्यमा समस्या आउला ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक कार्य सफल हुनेछ । स्वास्थ्यको ख्याल गर्नु होला ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रशासनिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साँझमा भने खर्च बढ्न सक्छ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्य र नयाँ कार्यको योजना बन्नेछ । पढाइ लेखाइमा विस्तारै प्रगति हुँदै जानेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोबारमा मन्दी आउनेछ । पेट सम्बन्धी समस्याका आउन सक्छ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति गम्भीर रहनु होला ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

आज प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्र भने कमजोर नै रहला ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । शैक्षिक क्षेत्रमा राम्रै हुनेछ । प्रेममा पनि सफलता पाइनेछ ।

 ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर