चैत्र २९ गते काठ्माण्डौं गएको थिएँ । नयाँ वर्षमा एक गते बेलुका नै घर आईपुगें । पूर्व जानकारी अनुसार भोली पल्ट २ गते दिउँसो एक समवेदना कार्यक्रममा सहभागी बन्न पुगें । भौतिक दूरी कायम गरी २५ जना जति सहभागी भएका थियौं । बारम्बार मलाई हाछ्यू आर्ईरहयो , म सचेत हुदै बाहिर अलिक पर गएर बस्ने , नाक मुख पुछ्दै आउने जाने गर्दै थिएं । सहभागी साथीहरुबाट गुनासो आउँला कि भन्ने भित्री डर भने कायमै थियो । त्यति बेलासम्म मलाई कोरोनाले भेटिसक्यो भन्ने निष्कर्षमा म पुगिसकेंको थिएं ।
के भयो , के गरीयो ?
राती ज्वरो आयो , शरीर धेरै अप्ठ्यारो भयो , सुत्न गारो भयो । सामान्य होला भन्दै केहि दिन विताएं पाँच गते मात्र हस्पिटल पुगें । बिर्तामोडको मनमोहन सामुदायिक अस्पतालका डाक्टर सुवेश सौरवलाई देखाएं । डा.सौरवले कोरोनाकै आशंकामा केहि दबाई लेखिदिए । कोरोना भयो होला भन्ने कुरा घरमा भनिन । त्यसैविच टाईफाईड र जन्डिस पो होकि भनेर आफैं एडभान्स ल्याबमा जचाउँँन गएं , केहि देखिएन । त्यो रीपोर्ट डाक्टरलाई देखाएं । त्यसबाट अझ प्रष्ट भयो कि कोरोना नै हो भन्ने । पुनः दबाई थपिदिए छाती र फोक्सो संक्रमण नहोस भनेर । त्यसपछी पनि म कमजोर बन्दै गएको थिएं , सुत्न बोल्न कठिन हुदै गयो । हस्पिटल भर्ना भएर केहि दिन बस्ने भन्ने विचारले हस्पिटल पुगियो । अक्सिजन लेबल ठिकै भएकोले घरमै आईसोलेशनमा बसेर हरेक दुई दिनमा फलोअपमा आउंदा हुन्छ , हस्पिटल बसे अरु संक्रमण हुन सक्छ भन्ने सुझाव दिए डाक्टरले ।
दश बाह् दिन भईसकेको थियो खोकी , श्वास रोकिने र कमजोरीपन घट्ने संभावना देखिएन । कुनै बेला त कता कता आफैंलाई डर लाग्न थाल्यो , काठ्माण्डौलगायत विभिन्न ठुला शहरबाट दैनिक एक दई वटा विरामी बेड सिप्mटकालागि बिएण्डसी हस्पिटलमा ल्याउदै गरेको आवाज सुनिन्थ्यो आफ्नै घर माथिको आकाशबाट , लाग्थ्यो स्थिति भयावह हुदैे गएकोछ । । ऐयामा ऐयामा भन्दै रात भरी सुत्न नसकिने हुन्थ्यो । एक दिन मध्य रातमा श्रीमति जुनीताजी गोडा मुनी आएर डाक्टरले पनि बचाउन नसक्ने , आफुले यत्रो स्याहार गर्दा पनि जाति नहुने कस्तो दशा आईलागेको भन्दै रुन थालेको सम्झन्छु , अहिले । यसैविच निमोनिया र फोक्सोको अवस्था बुभ्mन छातीको एक्रे र सिटी स्क्यान गराउनु पर्यो भनि आफैंले प्रस्ताव राखें , डाक्टरलाई । त्यो पनि गरियो खासै समस्या देखाएन । त्यसैले पनि मेरो अक्सिजनको लेबल , छाती र फोक्सो ठिकै छ केहि हुन्न भन्ने आत्म विश्वास जागेकै थियो । त्यसैविच विभिन्न घरायसी खानपीन र तातो पानीमा तुलसीको पत्ताको बाफ निरन्तर त थियो नै ।
यसरी सार्वजकि गरें ।
कसैलाई भनिएको थिएन, त्यतिन्जेलसम्म । यसैविच पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीजीलाई सुनाएं । ख्याल गर्नु होला फेरी पनि केहि परे मलाई खबर गर्नु भन्नु भयो , मलाई कहि राहत महसुस भयो । भोली पल्ट नै महासंघका पदाधिकारी साथीहरु भेट्न आउनु भयो अवस्था बुझनु भयो र अझैं आत्मबल दिएर जानु भयो साथीहरु । यसै विच १४ गते पिसीआर परिक्षण गरियो , पोजेटिभ देखायो । मेरो अवस्था हिड्न र बोल्न सक्ने थिएन । १६ गतेदेखि भने मलाई हलुका अनुभव हुन थाल्यो । अब भने कोरोनालाई जितिएछ भन्ने भान हुन थाल्यो ।
पत्रकार महासंघ अध्यक्ष गिरी , बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , निवर्तमान अध्यक्ष कुमार भट्टरार्ई , वरिष्ठ उपाध्यक्ष राजु नेउपाने, औषधी व्यवसायी नरेन्द्र बराललगायतका महानुभावहरु घरमै आएर स्वास्थ्य अवस्था बुझेर जान थाल्नु भयो । गिदोन टिमका साथीहरुले चङ्गाईको प्रार्थना गरीदिनु यो । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा , अग्रज नेता डिल्ली सिटौला , पुर्व मन्त्री सरीता प्रसाई , संविधान सभा सदस्य सुधिर शिवाकोटी , नेका जिल्ला सभापति उद्धव थापा , क्षेत्रिय सभापति खगेन्द्र मैनाली , बिर्तामोड नगर सभापति भोजराज सिटौला , रेडक्रस बितामोड सभापति सजेश सिवाकोटी , मेची नगरपालिका मेयरका स्वकीय सचिव विजय भट्टराईलगायत धेरै साथीहरु एवम् शुभेक्षुकहरुले फोन र म्यासेज मार्फत स्वास्थ्य अवस्था सोधेर आत्मबल दह्रो बनाएर नियमित औषधि र खानपानमा ध्यान दिन सल्लाह दिनु भयो । मेरो हौसला र आत्म बल ह्वात्तै बढेर गयो कि म एक्लै छैन रहेछ भन्ने विश्वास लाग्न लाग्यो ।
क्रमशः खोकी कम हुदै गयो लाग्थ्यो कि म पुरै ठिक भएं त्यसैले १९ गते पुनः परिक्षण गराएं फेरी पनि पोजेटिभ नै देखायो । मेरो मन खिन्न भयो, घरका सबै भए हिस्रिक्क । दुःखी मन गर्न थाले । फेरी पनि म पुर्ण स्वस्थ जस्तै भएको थिएं । मेरो स्वास्थ्य अवस्था पुरै ठिक भए पनि रिपार्ट नेगेटीभ नदेखाएसम्म मानसिक रोगी नै भईदो रहेछ । पुनः २६ गते परिक्षण गराएं अन्ततः मेरोसहित मेरी सहयोगी श्रीमती जुनीताजी दुवै जनाको रिपोर्ट नेगेटिभ आयो घरमा उल्लास छायो ।
के गर्ने के नगर्ने ?
विश्व महामारीको रुपमा देखिएको कोरोना एक भाईरस जिवाणु रहेछ जसले विभिन्न माध्यमद्धारा मान्छेमा संक्रमण गर्ने रहेछ । यसले कसलाई ,कहाँ र कतिखेर संक्रण गर्छ भन्ने थाहा नहुने रहेछ । जहाँ जस्तो अवस्थामा आफु पुगे पनि स्वास्थ्य सतर्कता भने आफैंले गर्नु पर्ने रहेछ । यो रोग जो कसैलाई पनि लाग्न सक्ने भएकोले यसलाई गोप्य राख्नु नै ठूलो कमजोरी हुनेछ । हाम्रो नेपाली समाजमा यो रोग लागेको कसैले थाहा पाईहाले सामाजिक बहिष्करणमा पर्न सकिन्छ भन्ने गलत बुझाई व्याप्त छ जुन घातक हो । सजग रहदा रहंदै पनि परिवारमा कसैलाई यो रोग देखिहालेमा भरपर्दो अस्पतालमा गएर फिजिसियनलाई देखाउने र त्यहि अनुसार औषधिहरु नियमित खाने गर्नु पर्छ साथै घरमा खाने कुराहरु पनि मिलाएर खाए यो रोग जाति हुने रहेछ । यो रोगले शुरुको पहिलो हप्ता धेरै गारो पार्छ त्यो अवधिमा आफ्नो छाति र फोक्सो बचाउन सकियो भने दशौं एघारौं दिनदेखि क्रमशः यसका असरहरु कम हुदै जाने रहेछ जुन जितको नजिक पुगिएको हो भन्दा फरक पर्दैन । पहिलो हप्ता माछा मासु खानै हुदैन र खसी वा लोकल कुखुराको सुप पनि लिनै हुदैन । डाक्टरले पनि सादा खाना खान सल्लाह दिएका छन् यो बेला । अहिलेसम्मको अवस्था हेर्दा छोटो समयमै जसको छातिमा संक्रमण देखियो , निमोनिया भयो त्यही विरामीलाई साहे पारेको देखिएकोले जति सक्दो छिटो फिजिसियनलाई देखाएर निमोनियाबाट बँच्नु नै यसबाट पहिलो जित हासिल गर्नु हो भन्ने देखिएकोले सबैले बेलैमा सचेत हुन जरुरी देखिएकोछ ।
कोरोनाबाट मुक्त भएपछि भने पनि त्यस्ता ब्यक्तिहरुले निरन्तर स्वास्थ्यमा ख्याल राख्नु जरुरी रहेछ । फोक्सोको केहि भाग कमजोर हुने भएकोले पहिलाको भन्दा कम धपेडीमा जिवन गुजार्नु पर्छ , पहिलेको जस्तो अव्यवस्थित खानपिन कम गर्नु पर्छ । भोक धेरै लागिरहने भएकोले खाईरहनु नै पनि यसको अर्को औषधि रहेछ भन्ने म आफैंले भोगिरहेको छु । यो रोग कसैलाई नलागोस यदि आफुलाई भैहालेमा गोप्य नराखौं , सार्वजनिक गरौं ताकि साथीभाई र शुभ चिन्तकबाट धेरै हौसला र आत्मबल प्राप्त हुन्छ जुन कोरोनालाई जित्ने एउटा बलियो हतियार बन्न सक्छ । पहिलो हप्तासम्म त मैले पनि सार्वजिक नगरौं भनेको थिएं ।
ईसा बुक हाउस बिर्तामाडका संचालक मित्र केशव मैनाली सरले होईन नि यस्तो दुःखको पिडा त शेयर गर्नुपर्छ र साथीभाई शुभ चिन्तकले प्रार्थना गरी दिनुहुनेछ , हौसला ,आत्मबल थपिदिनु हुनेछ भन्दै मेरो अनुमतिमा पहिलो सामाजिक संजालमा पोष्ट गरीदिनु भयो । मलाई कोरोना भएको सबैतिर फैलियो । स्वास्थ्य लाभका पोष्टहरु आउन थाले । म्यासेज र फोनहरुमार्फत सुझावहरु आउन थाले । केहि क्षणपछि केशव सरले फोन गरेर्र भखरै अमेरीका बस्नु हुने फलाना सरले तपाईको स्वास्थ्य सुधारको निम्ति प्रार्थना गदैछु भनेर मलाई खबर आयो भन्नु भयो ’ । हेर्नुहोस त ! यसरी सुनुवाई हुन्छ , सबै साथीहरुले पनि गरीरहनु भएको होला , त्यसैले चिन्ता नगर्नु होला सर तपाईलाई चाँँडै ठिक हुनेछ भन्दै थप हौसला दिनु भयो । त्यस्तै देवभूमी विद्यापिठका संस्थापक संचालक मित्र शुमन शर्मा जमरकट्टेल सरले अक्सिजन बढाउन र फोक्सोलाई कृयाशिल राख्न अनुलोम विलोम , कपाल भाति जस्ता कृयाकलाप गर्नु होला है भन्दै सल्लाह दिनु भयो ।
अन्त्यमा , यो असहज अवस्थामा विभिन्न माध्यमबाट मेरो स्वास्थ्यको निम्ति चासो राखेर प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सबै महानुभावमा हार्दिक धन्यबादसहित आभार व्यक्त गर्दछु ।