Aamsanchar

झापामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

Author Image
मङ्गलवार, जेठ ४, २०७८

बिर्तामोड :  झापामा थप तीन जना कोरोना संक्रमितको मंगलबार विहानै मृत्यु भएको छ। बिर्तासिटी अस्पताल बिर्तामोडमा आज बिहान दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।  मृत्यु हुनेहरुमा दमक नगरपालिका वडा ८ की तामाङ थरकी ६२ वर्षिया महिला र बिर्तामोड ४ की कुसवाह थरकी ४० वर्षिया महिला रहेका छन्। उनीहरु दुबैको उपचारका क्रममा बिहान साढे ७ बजेतिर मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए। अहिले बिर्तासिटी हस्पिटलमा इमर्जेन्सी र बेड गरी ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको समेत बस्नेतले जानकारी दिए। 

त्यस्तै मेचीनगर नगरपालिकाका कर्मचारी ३२ बर्षिय एक जना मेचीनगर ७ इटाभट्टाका निरौला थरका ३२ वर्षिय पुरुषको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज विहान मृत्यु भएको छ। मेचीनगरमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)