Aamsanchar

प्रभावकारी नभएको भन्दै भारतमा कोरोना क्रमितको उपचारमा प्लाज्मा थेरामीको प्रयोग बन्द

Author Image
मङ्गलवार, जेठ ४, २०७८

काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको उपचारमा प्लाज्मा थेरामीको प्रयोग बन्द गरिएको छ । भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले सोमबार राति कोरोनाको उपचारको निर्देशिका परिवर्तन गरेको हो । आईसीएमआरले प्लाज्मा थेरामीको कारण संक्रमितको अवस्थामा सुधार आउने कुनै प्रमाण फेला नपरेको बताएको छ । यद्यपि रजिस्टर्ड डाक्टरलाई भने आईसीएमआरको निर्देशिका पालना गर्नु अनिवार्य हुँदैन ।

आईसीएमआरले गत वर्ष नै चार सय संक्रमितमा प्लाज्मा थेरापीको परीक्षण गरेको थियो । यो अध्ययनमा यसबाट खासै फाइदा नपुग्ने पाइएको थियो । अन्तर्राष्ट्रिय स्तर गरिएको परीक्षणमा पनि प्लाज्मा थेरापी खासै प्रभावकारी नभएको पाइएको थियो । हालै मात्र प्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटले पाँच हजार संक्रमितको गरिएको परीक्षणको आधारमा एक रिसर्च छापेको थियो । यसमा पनि कोरोनाको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी नरहेको उल्लेख थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर