बिर्तामोड- स्वच्छ समाजका लागि सामाजिक अभियानले झापाका ४८ दृष्टि बिहिन घर परिवारलाई राहत बितरण गरेको छ । झापाका विभिन्न शहरमा आफ्नो सुमधुर गित सुनाउदै स्वर बिक्री गरि जीवन यापन गर्ने बिर्ता बजारका जेठा मुर्मु सहित दमक,गौरिगन्ज, गौरादह,सुरुङ्गा,बिर्तामोड,भद्र्पुर,धुलाबारी, शान्तिनगर र शनिश्चरेका ४८ परिवारलाइ अति आवश्यक ३० केजिको १ बोरा चामल,दाल,नुन,खानेतेल र नुहाउने साबुन हस्तान्तरण गरेको छ ।
अभियानलाई सहयोगी दाता अर्जुनधारा ११ का अमेरिका बस्ने अरुण कुमार डागीले पचास हजार साठी,दुबईमा बस्ने गणेश भट्टराईले पाच हजार,शेर बहादुर थापा,सुनिता धिमाल,देबिमाया गिरि,भोला तामाङ्ग निता तामाङ्ग,खगेन्द्र कुवर,बिरेन्द्र उदास,भुपेन्द्र श्रेष्ठ मोति चौधरी,अभि प्रसाद बास्कोटा लगायतले सहयोग गर्नु भएको अभियानका अध्यक्ष गणेश ढुंगानाले बताउनु भयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 328