Aamsanchar

अस्थायी व्यवस्था गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्न सर्वोच्चको आदेश

Author Image
मङ्गलवार, जेठ ४, २०७८

काठमाडौं-सर्वोच्च अदालतले बेड अभाव भए अस्थायी व्यवस्था गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बेड अभाव भए कुनै खाली स्थान वा भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था गरी उपचार गर्न अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अक्सिजनको आपूर्ति प्रभावकारी बनाउन पनि आदेश दिएको छ । सर्वोच्चले कोरोना भाइरसविरुद्धको खोप लगाउन बाँकी रहेकाहरुलाई अविलम्ब खोप दिन पनि आदेश दिएको छ । त्यस्तै क्वारेन्टिन र आइसोलेसनको प्रभावकारी व्यवस्था गर्न पनि सर्वोच्चले भनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर