Aamsanchar

अष्ट्रेलियन ओलम्पियन टोरा ब्राइटले खिचाएको एक तस्वीरले सामाजिक सञ्जालमा हलचल

Author Image
मङ्गलवार, जेठ ४, २०७८

एजेन्सी-अष्ट्रेलियन ओलम्पियन टोरा ब्राइटले खिचाएको एक तस्वीरले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ । अर्धनग्न अवस्थामा टाउकोले भुइँ टेक्दै आफ्नो दश महिनाको बच्चालाई स्तनपान गराइरहेको तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो ।

अष्ट्रेलीयाली स्नो बोर्डिग आइकन ब्राइटले उक्त तस्वीर सामाजिक सञ्जालमा साझा गर्दै लेखेकी छिन्, ‘मातृत्वप्रति गर्व छ’ । मदर्स डेका दिन इन्स्टाग्राममा राखिएको उक्त तस्वीरबारे प्राप्त आलोचनाप्रति उनले आफ्ना आमा बाबुप्रति तिनका बच्चाको हेराई कस्तोरहेछ भन्ने बुझेको टिप्पणी गरेकी छिन् । ब्राइट अष्ट्रेलियामा निकै सम्मानित ओलम्पियन हुन्, जसले २०१० को भेनकुभर ओलम्पिकमा हाफपाइपमा स्वर्ण तथा सोचीमा रजत पदक पाएकी थिइन् । एक्स गेममा भने उनले दुई पटक स्वर्ण पाएकी छिन् । धेरैले उनको आँटप्रति सम्मान गरे पनि केहीले भने टपलेस तस्वीर राखेकामा उनलाई पागलको संज्ञा पनि दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर