

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–३ को सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको छ । इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छन् ।

नगरपालिकाको स्वास्थ्यकर्मीको समूह संगै टोलमा पुगेकी उपमेयर गौतमल एन्टिजिन परिक्षण गर्दा कोरोना संक्रमण देखिएको वताएकी छन् ।
समुदायमा गएर ९ जनाको एन्टिजिन बिधिबाट परिक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

गाँउमा कोरोना संक्रमण रहेको पुष्टि भए पछि सुनौलो टोल सिल गरिएको छ । त्याहाँ एउटै टोलका २५ जना बिरामी परेका थिए । ७ घर का २५ जनामा ज्वरो, खोकी, पखाला लागेर बिरामी भएका र त्यसमा ९ जनामा परिक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो ।

Views: 86


