Aamsanchar

ट्रेकिङ गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु

Author Image
बुधवार, जेठ ५, २०७८

सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८ बर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो प्रदेश १ प्रहरी कार्यालयले जनाकारी दिएको छ ।

मृतक शेर्पाको शव निजकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर मार्फत लुक्ला तर्फ लैजाने पहल भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर