मोरङ । मोरङको रंगेली नगरपालिका–३ का १९ बर्षीय बिनोद यादवले भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
आज बिहान साँढे ७ बजेको समयमा रंगेली स्थित तिलुवा चौकको नहरमा २४ बर्षीया अनिता यादवको घाँटी काटिएको अबस्थामा शव फेला परेको थियो ।
अनुसन्धानको क्रममा प्रहरीले मृतक कै देवर बिनोदको संग्लग्नता रहेको पाएपछी निजलाई पक्राउ गरिएको रंगेली ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
मृतक अनिता र देवर बिनोद बिच मंगलवार साँझ झगडा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राती ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय रङगेलीमा राखिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 143