Aamsanchar

संकटमा रिवन कट्ने मोह

Author Image
बिहिवार, जेठ ६, २०७८

काठमाडौंको गौशलास्थित कोभिड–१९ आइसोलेशन सेन्टरको बुधबार उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक ईश्वर पोखरेल ।

काठमाडौं । कोरोना संक्रमणको पिंडा भोगिएरकाहरु जतीसक्दो छिटो आईसुलेसनमा पुग्न पाए, आधारभूत स्वास्थ्य उपचार लिन पाए बाच्छु की भन्ने आसमा नागरिकहरु रहेको बेलामा आईसोलोसेन उद्घाटनको तारतम मिलाउन देखि मन्त्रीको आउने समय खर्चिएर एक आईसोलेसन उदघाटन गरिएको छ । यो कोरोना कहरको घडीमा पनि भाषण र उद्घाटन गर्न पछि नपर्ने नेताको कार्य प्रति नागरिकहरुले आलोचना गरिरहेका छन् ।

प्रसंग हो । काठमाडौंको गौशलास्थित कोभिड–१९ आइसोलेशन सेन्टरको बुधबार उद्घाटन कार्यक्रम ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक ईश्वर पोखरेल । सबैको अनुहारमा फेसशिल्ड तथा मास्क त लगाएको थियो, तर भौतिक दुरीको पालना भएको थिएन ।

कोरोनाको दोस्रो भेरियन्ट अत्यन्त संक्रामक छ भन्ने कुरा जान्दा–जान्दै उपप्रधानमन्त्रीको रिबन काट्ने रहरले सामाजिक सञ्जालमा आलोचना खेप्नु परेको छ ।

सामाजिक सञ्जालमा यसरी भिडभाड गरेर रिबन नकाटे पनि आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउन सकिने प्रतिक्रिया दिएका छन् ।

उक्त केन्द्रलाई मारवाडी सेवा समितिले निर्माण गरेको हो । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको छ ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर