Aamsanchar

मलेसियामा कोरोना सङ्क्रमण अहिलेसम्मकै धेरै, लकडाउनको तयारी

Author Image
बिहिवार, जेठ ६, २०७८

काठमाण्डौ – मलेसियामा कोरोना सङ्क्रमण अहिलेसम्मकै धेरै भेटिएको छ । बुधबार कोरोना महामारी सुरु भए यताकै सबैभन्दा धेरै एकै दिन ६ हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सबैभन्दा धेरै एकै दिन गएको जनवरी ३० मा एकै दिन ५ हजार ७२८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । तर बुधबार भेटिएको सङ्क्रमितको सङ्ख्याले यो रेकर्ड पनि तोडेको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै यसको रोकथामका लागि पूर्ण लकडाउन गर्नेबारे छलफल भइरहेको जनाइएको छ । यसबारेमा शुक्रबार निर्णय हुने त्यहाँका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

मलेसियाको औद्योगिक क्षेत्र सेलेङ्गरमा सबैभन्दा धेरै एकै दिन २२ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । जहाँ नेपाली श्रमिक पनि ठुलो सङ्ख्यामा कार्यरत छन् । मलेसियामा बुधबारसम्ममा ४ लाख ८० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सरकारी अस्पतालहरूमा आईसीयू लगभग भरिन थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर