Aamsanchar

कपिलवस्तुमा माओवादी नेतासहित २ जनामाथि गोली प्रहारको आरोपमा ७ जना नियन्त्रणमा

Author Image
बिहिवार, जेठ ६, २०७८

काठमाडौं – कपिलवस्तुमा माओवादी नेतासहित दुई जनामाथि गोली प्रहारको आरोपमा सातजना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट माओवादी जिल्ला नेता कपिलवस्तु नगरपालिका–१ बस्ने ३४ वर्षीय दीपक पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमान घाइते भएका थिए । उनीहरुमाथि गएराति गोली प्रहार भएको थियो । लु.९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुलाई नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिले गोली प्रहार गर्दा घाइते भएका हुन् ।

घटनास्थलबाट १ थान खोका, १ राउण्ड लाइभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न रहेको आरोपमा कपिलवस्तु नगरपालिका–१ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर