Aamsanchar

‘एकका लागि एक अभियन’ले अक्सिजन सिलिन्डर ल्यायो

Author Image
बिहिवार, जेठ ६, २०७८

बिर्तामोड। नागरिक स्तरबाट सुरु भएको  ‘एकका लागि एक अभियान’ले चीनबाट मगाएको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १ सय थान सिलिन्डर झापा आइपुगेको छ । आज दिउँसो काठमाडौँ हुँदै उक्त  सिलिन्डर झापा ल्याईएको हो ।

अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अभियानले ‘एक व्यक्ति एक सिलिन्डर’ अभियान सुरु गरको थियो । त्यसका लागि एक व्यक्तिले एउटा सिलिन्डरबापत १५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

व्यक्तिगत र संस्थागत रुपमा देश तथा विदेशबाट हालसम्म ३५० वटाभन्दा बढी सिलिन्डरका लागि रकम संकलन भइसकेको छ । अभियानलाई सहयोग गर्ने क्रम जारी रहेको छ । ४८ लिटर क्षमताका ती सिलिन्डर सडक मार्गबाट कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइएको हो ।

पहिलो चरणमा आएको अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालय झापामार्फत आवश्यकता अनुसार अस्पतालहरुलाई दिइने अभियानका संयोजक महेन्द्र गिरीले बताए । त्यस्तै, अस्पतालपछि होम आइसुलेसनमा बसेका अक्सिजन आवश्यक परेका कोरोना संक्रमितलाई पनि प्राथमिकताका आधारमा सिलिन्डर दिइने सहसंयोजक विनोद बस्नेतले आमसंचारलाई बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर