Aamsanchar

जेठ १४ गतेसम्मका लागि झापामा निषेधाज्ञा थप

Author Image
बिहिवार, जेठ ६, २०७८

झापा- आगामी जेठ १४ गतेसम्मका लागि झापामा निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । आदेशमा हाल जारी निषेधाज्ञालाई अवधि लम्ब्याउने र अति आवश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन भनिएको छ ।

जिल्लामा कोरोना भाइरसको संक्रमण अझ पनि तीब्र रुपमा फैलिइरहेको जनाउँदै त्यसलाई नियन्त्रणका लागि निषेधाज्ञा लगाउनु परेको निर्णयमा उल्लेख छ । बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

No photo description available.

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर