Aamsanchar

नयाँ सरकार गठनका लागि आधार प्रस्तुत गर्ने तयारीमा विपक्षी गठबन्धन,सांसदहरुको हस्ताक्षर फाइल गरिँदै

Author Image
शुक्रवार, जेठ ७, २०७८

विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि आधार प्रस्तुत गर्ने तयारी गरेका छन् । त्यसका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समुह र एमालेको माधव नेपाल समुह तयारीमा लागेका हुन् । काँग्रेसको संसदीय दलको कार्यालयमा काँग्रेस नेताहरुसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका नेताहरु उपेन्द्र यादव लगायत छलफलमा जुटिरहेका छन् ।

त्यसैगरी संसद सचिवालयमा सांसदहरुको हस्ताक्षर फाइल गर्ने काम भइरहेको छ । काँग्रेस नेता रमेश लेखकले सरकारका लागि दाबी पेश गर्ने तयारी भइरहेको बताए । सांसदहरुको हस्ताक्षर जुटाउने काममा एमाले नेतृ रामकुमारी, काँग्रेस नेता पूर्णबहादुर खड्का, रमेश लेखक पुष्पा भुषाल र माओवादी नेता देव गुरुङ र वर्षमान पुन खटिएका छन् । नेताहरुले नयाँ सरकारको प्रधानमन्त्री कसलाई अघि सार्ने भन्नेमा भने छलफल गरेर टुंग्याउने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर