Aamsanchar

रियालिटी टिभी स्टार डेमी जोन्सलाई थाइरोइड क्यान्सर

Author Image
शुक्रवार, जेठ ७, २०७८

बीबीसी – रियालिटी टिभी स्टार डेमी जोन्सलाई क्यान्सर भएको छ । यो खबर सार्वजनिक गर्दै २२ वर्षिय डेमी लेख्छिन्, “मैले आज मेरो रिर्पोट पाँए, दुर्भाग्यवश मलाई थाइरोइड क्यान्सर भएको छ ।” थाइरोइड क्यानसर एउटा दुर्लभ प्रकारको क्यान्सर हो । यसले थाइरोइड ग्रन्थि लाई असर गर्छ, यो घाँटीको फेदमा हुने हर्मोन उत्पादन गर्ने सानो ग्रन्थि हो । उनी आईटिभी शो (लव आइल्यान्ड) को सन् २०२० को सिरिजमा देखिएकी थिइन् । यो खबर पाए पनि उनी सकारात्मक नै छिन् । “म सकारात्मक सोचिरहेको छु । म बलियो केटी हुँ । त्यसैले म ठिक हुन्छु, तपाईंहरुको माया र सहयोगको लागि धन्यवाद १ म फेरि बलियो बनेर आउनेछु ।”

घाँटीमा एउटा सानो खाल्डो फेला परेपछि उनलाई अप्रिलको सुरुवातमा अस्पताल लगिएको थियो । अस्पताल भर्ना गरेर उनको सम्भावित क्यान्सर गाँठ झिकिएको थियो र त्यसपछि उनी रिपोर्टको पर्खाइमा थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर