Aamsanchar

मास्क वितरण कार्यलाई राउण्ड टेवल बिर्तामोडद्वारा निरन्तरता

Author Image
शुक्रवार, जेठ ७, २०७८

बिर्तामोड । कोभिड १९ को दोस्रो लहरले सबै क्षेत्र चपेटामा परेको अवस्थामा कोभिड नियन्त्रण र रोकथाममा आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्दै आएको विर्तामोड राउण्ड टेवल शाखा २७ ले मास्क वितरण कार्यलाई निरन्तरता दिएको छ ।

ओटी हरिश मित्तलको सक्रियतामा राउण्ड टेवल भारतको सहयोगमा प्रति गोटा सरदर १ सय रुपैया पर्ने गुणस्तरिय मास्क ५ हजार थान प्राप्त गरेरे राउण्ड टेवलले कोभिड महामारीमा अग्रभागमा रहेर काम गर्ने संस्था तथा निकायहरुलाई मास्क वितरण गर्दै आएको छ ।

यसै क्रममा कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको जोखिम कम गर्न विर्तामोड राउण्ड टेवल शाखा २७ ले शुक्रबार ६ वटा संस्थाहरुलार्ई मास्क वितरण गरेको छ ।

राउण्ड टेवलले नेपालपत्रकार महासंघलाई ३ सय थान, नेपाल फोटो पत्रकार महासंघ झापालाई ५० थान, इलाका प्रहरी कार्यालय बिर्तामोडलाई ३ सय थान, जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई १ सय थान त्यसैगरी इआरसी झापालाई ३० थान, रेडक्रस उपशाखा बिर्तामोडलाई ५० थान मास्क वितरण गरेको राउण्ड टेवलका शरद जोशीले जानकारी दिए ।
राउण्ड टेवलले मंगलबार इलाका प्रहरी कार्यलय काँकडभिट्टा, प्रेसक्लव मेचीनगर लगायतका संस्थाहरुमा मास्क विरतण गरि सकेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर