बिर्तामोड । एका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंकका लागि यसोदा (दमयन्ता) निरौला स्मृति प्रतिष्ठान बिर्तामोडले ५ थान अक्सिजन सिलिन्डर खरिद वापत ७५ हजार रुपैया अभियानलाई उपलब्ध गराएको छ ।
यसोदा (दमयन्ता) निरौलाको सातौं पुण्य स्मृतिमा उक्त रकम शुक्रबार प्रतिष्ठानका अध्यक्ष नन्दीकेशल निरौलाले अभियानका सहसंयोजक विनोद बस्नेतलाई हस्तान्तरण गरेको अभियानका सदस्य सजेश शिवाकोटीले जानकारी दिए ।
गत बर्ष एकका लागि एक अभियानले कोभिडबाट पिडित बनेका नागरिकलाई खाना खुवाउने देखि पिसिआर ल्याव स्थापना गर्दा र यस बर्ष अक्सिजन बैंक स्थापना गर्ने कार्यमा पनि प्रतिष्ठानले सहयोग गरेकोमा सहसंयोजक बस्नेतले प्रतिष्ठानका पदाधिकारीहरुलाई धन्यावाद दिएका थिए ।
सहसंयोजक बस्नेतले यसोदा (दमयन्ता) निरौला प्रतिष्ठान जस्तै आम झापा जिल्लावासी र संघ संस्थाहरुलाई अक्सिजन बैंक स्थापनार्थ एकजुट बनेर एकका लागि एक अभियानमा जोडिन अपिल गरेका छन् ।
नगद हस्तान्तण कार्यक्रममा प्रतिष्ठानका सचिव राम आचार्य, संस्थापक अध्यक्ष विष्णुकुमार निरौला, सदस्य रमेश निरौला, शान्तिराम निरौला, रेडक्रकर्मी याम कार्कीको लगायतको सहभागिता रहेको थियो ।