झापा । झापाको मेचीनगरबाट प्रतिबन्धित लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।
शुक्रबार मेचीनगर–६ स्थित बद्री टोलबाट स्थानिय रवी दनुवारको छोरा सुमन दनुवार र झापा दमक–५ का रोशन राईकी छोरी समिता राई पक्राउ परेका हुन् ।
बद्री टोलवासी स्थानियहरुले लागू औषध खरिद विक्री गर्ने काम भईरहेको भन्ने सुचना दिए लगत्तै सिमा प्रहरी चौकी नकलबन्दा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टा बाट खटिएको संयुक्त प्रहरी टोलीले दनुवार र राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले आमसंचारलाई बताए ।
बर्ष २६ का सुमन दनुवारले २१ बर्षकी राईलाई लागू औषध ब्राउन सुगर विक्रि बितरण गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । उनिहरुको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ५ ग्राम बरामद भएको प्रवक्ता थापाले जानकारी दिएका छन् ।
पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखेर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।