Aamsanchar

ईयूले थोरै तथा मध्यम आय भएका देशहरुमा १० करोड डोज खोप उपलब्ध गराउने

Author Image
शनिवार, जेठ ८, २०७८

काठमाण्डौ-युरोपेली सङ्घ (ईयू)ले थोरै तथा मध्यम आय भएका देशहरुमा दश करोड डोज खोप उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको महामारीमा परेका देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोना भाइरसविरुद्धको खोप दिने सङ्घले जनाएको हो । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले यस वर्षको अन्त्यसम्ममा खोप उपलब्ध गराइने निर्णय भएको बताउनु भएको छ ।

विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यो प्रारम्भिक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर