Aamsanchar

झापा : बिहेघरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु ,पूरै परिवार संक्रमित

Author Image
शनिवार, जेठ ८, २०७८

झापा – गौरादह नगरपालिकापा–४ को एक बिहेघरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। संक्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार संक्रमित बेहुलाको शुक्रबार राति पौने १ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी गत वैशाख २४ गतेदेखि त्यस अस्पतालमा उपचारत थिए। यसअघि उनकी आमाको गत वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो। वैशाख १५ गतेतिर ती युवकको विवाह भएको थियो। विवाह भएको केही दिनमै बेहुला, दुलही, आमासहित पाँचजनाको पूरै परिवारलाई संक्रमण देखिएको थियो।

त्यस्तै, दुलहीको समेत कोशी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए। विवाह कार्यमा असवाधानी हुँदा परिवारमा संक्रमण सरेको हुनसक्ने उनले बताए। योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)