Aamsanchar

कोरोना कहर (कविता)

Author Image
शनिवार, जेठ ८, २०७८

 

कोरोना कहर

प्राकृति हेर्दा जस्ता को तस्तै आ आफ्नो कार्य छ ।
मानवलाई भने गाउँशहर सबै माक्स अनिवार्य छ ।
निषेध आज्ञा लागुछ अनि सन्त्रास फैलन्छ ।
सन्चार को माध्यमबाट नै सुन्दा यो मन मैलन्छ ।

रोगी र बुडा कमजोरी होइन छोडेन जवान ।
समाचार सुन्दा नौ नारी गल्छ शरीर भो हैरान ।
रमाउने हाँस्ने दिन गए साथी कैलेहो मरण ।
कयौं साल बित्छ कोरोना ले नै चरण का चरण ।

फलानो गयो म छ्क्क परे गयो त्यो गयोनी ।
यो महाभारत हे शिव शङकर कस्तो दिन आयो नि ।
तुलसी चन्दन घिउ दूध लिइ जान्थिउ नि मलामी ।
अग्निको पुजा बिधि पुर्वक गर्दै थिउ मलामी ।

आजता कठै कोरोना पुष्टि प्लास्टिक मा बेरेर ।
जहाँ पायो त्यहीँ जलाइदियो कस्ले के गरेर ।
प्रशासनिक लिएर आउछन् उनै हुन् मलामी ।
देह त्यो जलाइ एक चोटि दिन्छन् तिनैले सलामी ।

धन्यवाद तिमिलाई सेना दाजु भाई तिमी नै धन्य छौ ।
सुरक्षाकर्मी डाक्टर सबै धन्यवाद पात्र हौ ।

 

सितादेवि ढुङ्गेल ( हल्दिबारी, झापा )

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बेलाको बोली
मङ्गलवार, मंसिर ४, २०८१
आशा निराशा (कविता)
आइतवार, कार्तिक २५, २०८१
बूढो गोरु ( व्यङ्ग्य कविता )
शुक्रवार, कार्तिक १६, २०८१