Aamsanchar

एनआरएनए युएईद्वारा समस्यामा परेका ८० जनालाई सहयोग

Author Image
आइतवार, जेठ ९, २०७८

युएई । एनआरएनए युएईले अबुधाबीको मफरकमा रहेको एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

विगत २ महिनादेखि एक रिक्रुटमेण्ट कम्पनीले काम दिलाउन नसकेपछि समस्यामा परेका ८० नेपाली युवाहरु सहयोगको अपेक्षा गर्दै नेपाली दूतावास अबुधाबी पुगेपछि एनआरएनए युएईले आन्तरिक श्रोत जुटाएर ८० जनालाई कम्तीमा १५ दिनलाई खान पुग्ने चामल, दाल, तेल, प्याजलगायतका खाद्यान्न वितरण गरेको एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निरन्जन सिलवालले जानकारी दिएका छन् । अध्यक्ष सिलवालका अनुसार नेपाली रुपैयाँ करिब १ लाख ३० हजार बराबरको खाद्यान्न उपलब्ध गराइएको हो । १५ महिना अगाडि युएई आएका उनीहरू विगत २ महिनादेखि कामविहीन बस्नुपरेकोले तलब पनि नपाएकोले सहयोगको याचना गर्दै नेपाली दूतावास पुगेका थिए । नेपाली दूतावास अबुधाबीको समन्वयमा एनआरएनए युएईले राहत वितरण गरेको हो ।

दूतावासमार्फत सूचना आएलगत्तै एनआरएनए युएईको एक टोलीले जेठ ७ गते राती ११ बजे वितरण गरिएको एनआरएनए युएईका केन्द्रीय सदस्य सुमन पराजुलीले बताएका छन् ।

राहत पाएपछि पीडित नेपाली युवाहरुले एनआरएनको नाम सुने पनि यो संस्थाले सामान्य तहका नेपालीहरुको दुस्खमा साथ दिने रहेछ भन्ने प्रत्यक्ष अनुभव गरेको प्रतिक्रिया दिएका छन् ।

छोटो समयमा धेरै मात्रामा राहत व्यवस्थापन गर्न निकै मिहिनेत गर्नुपरेको एनआरएनए युएईका सहकोसाध्यक्ष फडिन्द्र ढकालले बताएका छन् ।
युएईमा काम गर्ने सिलसिलामा श्रम सम्बन्धि कुनै पनि समस्या उत्पन्न भएमा समाधानको लागि एनआरएनए युएईको सम्पर्कमा आउन एनआरएनए युएईका भोलेन्टियर संयोजक प्रवीण पोखरेलले आग्रह गरेका छन् ।
विस्वमा ८२ भन्दा बढी देशहरुमा संजाल भएको एनआरएनएको युएई शाखा मजदुरमैत्री काम गर्नमा मध्यपूर्वमा अग्रपंक्तिमा रहेको छ ।

एनआरएनए युएईले युएईका मुख्य शहरहरुमा एकएक जना प्रतिनिधी तोकेर समस्यामा परेका नेपालीहरुको सहयोग गर्ने व्यवस्थापन गरेको भोलेण्टियर संयोजक पोखरेलले बताएका छन् । उनका अनुसार अबुधाबीमा फडिन्द्र ढकाल, दुबईमा मदन अधिकारी, सारजामा विरेन्द्र नकर्मी, अजमानमा राजन खतिवडा, राकमा टिएन शर्मा, फुजेरामा सुजन सापकोटा र अलेनमा राजन अधिकारी रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर