Aamsanchar

वाग्लेको नेतृत्वमा बुधबारे जेसीज पाँच माहिनामा आईपुग्दा

Author Image
आइतवार, जेठ ९, २०७८

बिर्तामोड । नेतृत्व पाउनु भन्दा पनि त्यसलाई सफल ढंगले निभाउनु ठूलो कुरा हो । जस्ले जुन ठाउँमा नेतृत्व पाएको छ, पाएको नेतृत्व उसले कसरी निभाइरहेको छ भनेर उसको क्षमता मापन हुन्छ । नेतृत्वमा बसेर मात्र हुनेवाला केहि छैन, पाएको नेतृत्व सफल ढंगले सम्हाल्न सकेको खण्डमा मात्र नेतृत्व लिएकोमा स्याब्बासी पाइन्छ ।

जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने अन्तर्राष्ट्रिय संस्था हो । यो संस्थाले नेतृत्व विकासका लागि युवालाई अभिप्रेरित गर्छ । जेसीजलाई युवाहरुको क्षमता मापन गर्ने संस्थाका रुपमा पनि बुझ्न सकिन्छ ।

जेसीजमा एक व्यक्ति एक पद, एक कार्यकाल यानिकी एक वर्ष हुन्छ । एक वर्षमा एक व्यक्तिले एक पदका लागि नेतृत्व पाउँछ, त्यो वर्ष उसका लागि क्षमता र भिजन देखाउने वर्ष हुन्छ । जुन समयलाई जस्ले सहि सदुपयोग गर्छ, त्यसले कालान्तरमा समाजमा पनि ठूलै जिम्मेवारी पाउँछन् र पाएका जिम्मेवारी सफल र उदाहरणिय ढंगले पूरा गर्छन् । सफल नेतृत्वको झलक यतिवेला नेपाल जेसीजको क्षेत्र क अन्र्तगत पर्ने बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेमा देखिन थालेको छ । लिडरमा हुनुपर्ने नेतृत्व क्षमता र भिजन उनमा रहेको उनीका निकटस्थहरुको भनाई छ ।

फरक सोच, फरक भिजन र जेसीजमा देखिएको उनको लगावले उनी भित्रको नेतृत्व क्षमता समाजले अनुभुति गर्न थालेको छ । किनकी उनले आफूले अध्यक्षका रुपमा जिम्मेवारी पाएपछि पाँच महिना भन्दा कम समयमा ५० वटा प्रभावकारी कार्यक्रम बुधबारे जेसीजको तर्फबाट सम्पन्न गरेका छन् ।

जेसीज के हो भन्ने अझै समाजले बुझिनसकेको अवस्थामा जेसीज यो हो भन्ने खालमा कार्यक्रम र गतिविधिले उनको क्षेत्रमा उनले अपनाएका र सम्पन्न गरेका कार्यक्रमले उनी भित्रको नेतृत्व क्षमता पुष्टि हुँदै गएको छ । ५ महिनाको अवधि भित्रै बुधबारे जेसीज पहिलो पटक नेपाल जेसीजबाट पुरस्कृत पनि भईसकेको छ । भवन निर्माणमा जुटेको बुधबारे जेसीजलाई भवन निर्माणका लागि करीव ५ लाख रुपैँयाको प्रतिवद्धता पनि आइसकेको छ । अध्यक्ष वाग्लेले यस वर्ष फरक ढंगका कार्यक्रम सञ्चालन गरेका छन् यद्यपी उनी फरक कार्यक्रमहरु नभएर कार्यक्रम फरक ढंगले गरिएको भन्न रुचाउँछन् ।

‘मैले जनवरी ९ अर्थात पौष २५ गते अध्यक्षको चेन गलामा लगाए’ बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले भन्छन् ‘त्यो दिन देखि जेसीज गतिविधिमा आफ्नो पूर्ण ध्यान केन्द्रीत गरेको छु, सबैको साथ सहयोगले ५० वटा कार्यक्रम सम्पन्न भएछन्।’ बुधबारे जेसीजका अध्यक्ष वाग्लेले ५० कार्यक्रम सम्पन्न हुँदा कुनै पनि कार्यक्रममा आपूmले तनाव झेल्नु नपरेको बताए । ‘कार्यक्रमका योजना सुरुमा नै तय भएका हुन्छन्, साथीहरुलाई जिम्मेवारी प्रदान भएपछि उहाँहरुकै सकृयताले सहज रुपमा कार्यक्रम सम्पन्न हुने गरेका छन्, अध्यक्ष वाग्ले भन्छन् ‘जेसीजमा यति राम्रो टिम वर्क छ नि त्यहि टिम वर्कको परिणाम हो पाँच महिना नपुग्दै ५० कार्यक्रम पूरा हुनु ।’ उनले यो अवधिमै ५० कार्यक्रम पूरा हुनमा सबैमा समान सहभागिता नै मुख्य कारण भएको प्रतिकृया दिएका छन् ।
कोरोना कहरका बिच बुधबारे जेसीज कोरोना भाइरसले निम्त्याएका समस्या संकट न्युनिकरणमा आफूले सक्ने गरी बुधबारे जेसीज लागेको बताए । ‘परिस्थिति जटिल बन्दैछ, जुन स्पिडमा काम भए अहिलेसम्म सहज छ अवस्था’ उनले भने ‘अब त्यो स्पिड नहुन सक्ला तर पनि मानवताको सेवामा लाग्नुपर्ने बेला आएको छ, हामी दत्तचित्त भएर लाग्नेछौं ।’

बुधबारे जेसीजले कोरोना परीक्षण रिपोट पर्खाइकै कारण कुनैपनि विरामी उपचार सेवाबाट बन्चित हुन नपरोस् भनेर ५० थान एन्टिजन टेष्ट किट आज बुद्धशान्ति गाउँपालिकालाई हस्तान्तरण गर्दा बुधबारे जेसीजको वर्ष २०२१ मा ५० कार्यक्रम सम्पन्न भएका हुन् । बुधबारे जेसीज र जोइन्ट हेन्ड युथ सोसाइटीले आज संयुक्त रुपमा बुद्धशान्ति गाउँपालिकालाई सो टेष्ट किट हस्तान्तरण गरेका हुन् । वाग्ले सो संस्थाका उपाध्यक्ष समेत हुन् ।

बुधबारे जेसीजका अध्यक्ष वाग्लेले जेसीज सहित आधा दर्जन संस्थाको नेतृत्व सम्हालेका छन् भने ढेड दर्जन संस्थामा विभिन्न पदमा रहेर कार्य गरिरहेका छन् । सञ्चारकर्मी समेत रहेका वाग्ले एभरेष्ट साबुन उद्योगका सञ्चालक पनि हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)