Aamsanchar

अक्सिजन बैंककोलागि रोटरी क्लव अफ सुरुङ्गाको सक्रियतामा २२ थान सिलिन्डर प्रदान

Author Image
आइतवार, जेठ ९, २०७८

चारपाने । रोटरी १२ लाख छिमेकी, मित्र, नेता, र समस्या समाधान गर्नेहरूको विश्वव्यापी नेटवर्क हो । जसले एक संसारलाई देख्छ जहाँ मानिसहरू एकजुट हुन्छन् र स्थायी परिवर्तनको लागि कार्य गर्दछन् ।
अति आश्यक समस्याहरू समाधान, वास्तविक प्रतिबद्धता र दर्शन रोटरीको मुल मन्त्र हो । अन्तर्राष्ट्रियमा रोटरी एक व्यक्तिको दर्शनबाट शुरू भयो – पल ह्यारिस शिकागो वकिलले रोटरी क्लब अफ शिकागोको गठन गरे, त्यसैले विभिन्न पृष्ठभूमि भएका पेशेवरहरूले विचारहरू आदानप्रदान गर्न सक्दछन् र अर्थपूर्ण, आजीवन मित्रता बनाउन सक्दछन् ।

समयको साथ, रोटरीको पहुँच र दृष्टि बिस्तारै मानवीय सेवामा विस्तार भयो। सदस्यहरूसँग उनीहरूको समुदायहरू र विश्वभरी चुनौतीहरू सम्बोधन गर्ने लामो ट्र्याक रेकर्ड छ ।

विगत १ सय १० बर्ष पहिले स्थापना भएको रोटरीमा कार्य गर्ने व्यक्तिहरूले उनीहरूको जोश, उर्जा, र बुद्धिमत्तालाई दिगो परियोजनाहरूमा कार्य गर्न प्रयोग गर्दै आएकाछन् । साक्षरता र शान्ति देखि पानी र स्वास्थ्य, रोटरीको प्रार्थतामा पर्ने काम हुन् । विश्वलाई राम्रो बनाउनको लागि रोटरियनहरु सधै क्रियाशिल रहने गर्दछन् । त्यस्तै झापाको कनकाई नगरपालिका सुरंगामा रहेको रोटरी क्लव अफ सुरुंगाले समाजमा विभिन्न सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, दैवीप्रकोप र महामारीको वेला गरेको कामले स्थानीय स्तर र जिल्लामा राम्रो प्रशंषा पाउन सफल बन्दै गएको छ ।

रोटरीक्लव अफ सुरुंंगाले गतबर्ष कोभिडको महामारीमा एकाका लागि एक अभियान संगै जोडिएर अभियन्ता संस्थाको रुपमा काम गरेको थियो । यस बर्ष पनि एक व्यक्ती एक अक्सिजन सिलिन्डर सहयोग अभियनमा आफ्नो तर्फबाट योगदान गरेको छ ।

आफ्नो पहल र सदस्यहरुबाट गरि १५ हजारका दरले २२ थान सिलिन्डर अभियानलाई उपलब्ध गराई सकेको छ । अक्सिजन बैंकका लागि कुमारमणी पोखरेल, लुवराज उप्रेती, डिल्लीराम मैनाली, ख्याम/तेज ओली, सुशील श्रेष्ठ, हेमेन्द्र निरौला, बलराम लुइटेल, जानुका बिमली, शिव/घनश्याम कडेल, मिलान खरेल, गणेश दाहाल, राजेन्द्र जोशी, कमल खरेल, रमेश भेटुवाल, लक्ष्मी भेटुवाल,दुर्गा उप्रेती अष्ट्रेलियाबाट  १–१ थान, खेम प्रसाई र परिवारबाट ३ थान, र जनकल्यान माध्यमिक विद्यालय झापाका पूर्व विद्यार्थी समूहबाट ३ थान, टीका कट्टेल, चन्द्र प्रसाईं, मेनुका उप्रेतीद्वारा संयुक्त रुपमा १ थान, टेकनारायण राजवंशीबाट ५ हजार गरेर ३ लाख २० हजार रुपैया अक्सिजन सिलिन्डर वापत रकम प्रदान गरिएको रोटरी क्लवका निवर्तमान अध्यक्ष कुमारमणी पोखरेलले आमासंचारलाई जनाकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)

सम्बन्धित खबर