Aamsanchar

८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने

Author Image
सोमवार, जेठ १०, २०७८

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन सहमत भएको छ । ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने सहमति जुटेको जसपाका एक नेताको दाबी छ ।

मन्त्री हुने व्यक्तिको टुंगो लाग्ने बितिक्कै शपथ हुने ती नेताले जानकारी दिए । ओली सरकारलाई सहयोग गराउँदै आएको ठाकुर पक्ष नागरिकता विधेयक जारी, संविधान संशोधनका लागि कार्यदल बनेपछि सरकारमा जान तयार भएको बताइएको छ । अर्का अध्यक्ष उपेन्द्र यादव समूहले भने ओली सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइसकेको छ । आइतबार बसेको उपेन्द्र पक्षको कार्यकारिणी बैठकले त्यस्तो निर्णय गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर