जेठ – गोरखामा संरक्षित कालो सालक फेला परेको छ । गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदी किनारमा हिँड्दै गरेको अबस्थामा सालकको उद्धार गरिएको जिल्ला वन कार्यालय गोरखाले जनाएको छ । कार्यालयका सूचना अधिकारी महेश पौडेलका अनुसार सोमबार आरुघाट गाउँपालिका ९ मा अलपत्र परेको अवस्थामा उक्त सालक भेटिएको हो । भेटिएको सालकलाई गोरखा नगरपालिकाको एक सामुदायिक वनमा ल्याएर छोडिएको पौडेलले जानकारी दिए ।
गोरखा नगरपालिकाको ठूलो वन क्षेत्रमा पनि यसअघि धेरै पटक सालक फेला परेको कार्यालयले जनाएको छ । ‘गोरखामा पहिलो पटक सालक भेटिएको होइन । यस अघि गोरखा नगरपालिका र पालुङटारमा पनि धेरै फेला परेका छन,’ सूचना अधिकारी पौडेलले भने ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 178