Aamsanchar

नेपालमा ४ लाखभन्दा बढी कोरोना संक्रमित निको, २४ घण्टामा ८ हजार ६ सय ३६ जनामा संक्रमण

Author Image
मङ्गलवार, जेठ ११, २०७८

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या चार लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार चार सय चार जना निको भएसँगै निको हुनेको सङ्ख्या चार लाख चार हजार आठ सय ८७ पुगेको छ । यो सङ्ख्या कुल सङ्क्रमितको ७६ दशमलव ५६ प्रतिशत हो ।

यस्तै अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख २८ हजार आठ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ६ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २२ हजार तीन सय ६ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार तीन सय ८७ जनामा र ६ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ४९ जना गरी आठ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप एक सय ६९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ६ हजार सात सय जनाको ज्यान गइसकेको छ । अहिले नेपालमा एक लाख १७ हजार दुई सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर