Aamsanchar

सहारा नेपाल साकोसले पशुपालन तथा कृषि सम्बन्धी परामर्श दिने

Author Image
मङ्गलवार, जेठ ११, २०७८

प्रतिकात्मक तस्वीर ।

विर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) को एग्रि विजिनेस यूनिटले आफ्ना सदस्यहरुलाई टेलिफोन तथा अनलाईन मार्फत पशुपालन तथा कृषि व्यवसाय सम्बन्धी परामर्श तथा तालिम संचालनकार्यलाई निरन्तरता दिने भएको छ ।

सहारा नेपाल साकोसको कार्यक्षेत्र मध्ये ६ वटा जिल्ला झापा, मोरङ, सुनसरी, पाँचथर, इलाम, र उदयपुरमा एग्री विजिनेस युनिटका प्राविधिक मार्फत व्यवसायिक कृषि तथा पशुपालन गर्ने सदस्यहरु परामर्ष दिने भएको हो ।

विगत ३ वर्षदेखि सेवा पुर्याउदै आएको सहाराले हाल कोभिड १९ को महामारीमा फिल्ड तथा प्रत्यक्ष हिडडुलमा असहजहुँदा टेलिफोन सेवा मार्फत दैनिक सय भन्दा बढी सदस्यहरु लाई पशु स्वास्थ्य, व्यवस्थापन र अन्य जानकारी गराउदै आएको सहारा नेपालका कार्यवहाक अध्यक्ष हरिप्रसाद निरौलाले जानकारी दिए ।

पहिलो लकडाउनको समयमा व्यवसायिक कृषि तथा पशुपालन गर्ने कृषक सदस्यहरुलाईजुम मार्फत ४६ वटातालिम दिइएको थियो, जस अन्तरगत २८ सय भन्दा बढी सदस्यहरुलाई बाख्रा, कुखुरा, बंगुल, फ्रेस हाउस सुधार, तरकारी खेती, नर्सरी विकास, व्यवसायिक योजना सम्बन्धी तालिम तथा परामर्श सेवा प्रदान गरिएको सहारा नेपालका राजु गिरीले आमसंचारलाई बताए ।

तालिम प्रभावकारी भएको शेयर सदस्यहरुबाट सुझाव आएको हुँदा, हालको असहज परिस्थिति÷ लकडाउनको अवघिमा नेपाल सरकारको निर्देशन अनुसारण गर्दै पशु तथा कृषि परामर्श सेवा प्रभावकारी रुपमा उपलब्ध गराउनका लागि सहारा नेपाल साकोसको ब्नचष्( द्यगकष्लभकक ग्लष्त ले मिति यही जेष्ठ १५ गतेदेखि अनलाईन मार्फत जुम र फेसबक पेज प्चष्कजष्क्रान्ति बाट पशुपालन तथा कृषि तालिम दिने संस्थाका कृषि यूनिटका प्रमुख डा. कमलेश्वर भाटले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर