Aamsanchar

झापामा १ सय ३८ जना कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु, ८१ जना निको

Author Image
बुधवार, जेठ १२, २०७८

झापा – झापामा आज १ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । ३ सय ६८ जनाको आटी पिसिआर परिक्षण गर्दा १ सय १८ जना र ४८ जनाको एन्टिजेन्ट परिक्षण गर्दा २० जनामा कोरोना देखिएको हो । आज थप ७ जना संंक्रमितको मृत्यु भएको छ भने ८१ जना निको भएका स्वास्थ्य कार्यालय झापाको कोभिड फोकल पर्सन जिवन चौलागाईले बताउनुभयो ।

आज मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नम्बर ३,७ र १० का क्रमश ८४ बर्षिया महिला , ६० बर्षिय पुरुष र ४६ बर्षिय पुरुष रहेका छन् । यस्तै भद्रपुर नगरपालिका वडा नम्बर ८ र ३ का समान ६५ बर्षिय पुरुष , गौरिगंज गाउँपालिका वडा नम्बर ३ का ६५ बर्षिय पुरुषको पनि मृत्यु भएको छ भने गौरादह नगरपालिका वडा नम्बर २ का ५० बर्षिय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 493

प्रतिक्रिया (०)

सम्बन्धित खबर