Aamsanchar

युरोपा लिगको उपाधि भिल्लारियललाई

Author Image
बिहिवार, जेठ १३, २०७८

काठमाडौं – युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ। गएराति भएको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो। खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए तर ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै टोलीले गोल गर्न सकेनन् त्यसपछि खेल पेनाल्टीमा गयो।

१० वटा पेनाल्टीसम्म पनि दुवै टोलीले बराबरी गोल हानेका थिए। तर ११ औं पेनाल्टीमा म्यानचेस्टर युनाइडेटले गोल गर्न सकेन भने भिल्ला रियलका रुल्लीले गोल गर्दै टिमलाई जित दिए। योसँगै भिल्लारियलले पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ। पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको भिल्लारियलले उपाधि जितेको हो। त्यस्तै म्यानचेस्टर युनाइटेड भने योसहित दोस्रो पटक युरोपा लिगको फाइनल खेलेको हो। यस अघि युनाइटेडले २०१७ मा युरोपा लिगको फाइनल जितेको थियो।

अहिलेसम सबैभन्दा बढी ६ पटक युरोपा लिगको उपाधि जित्ने क्लब सेभिया हो।

Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर